जसपा नेपालको पदाधिकारी बैठक बस्दै
२६ वैशाख, काठमाडौँ । जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक बस्दै छ । जसपा नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको निवासमा आज २ बजे पदाधिकारी बैठक बस्ने भएको हो । आइतबार बिहान जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्नु भएकाे छ ।
प्रकाशित मिति : 13:23









