कसैले भनेर पनि सांसदबाट राजिनामा दिन्न, म एमालेकै पक्षमा छुः सांसद हुसेन
२६ वैशाख, काठमाडौँ । नेकपा (एमाले)को माधवकुमार नेपाल समूहमा रहनुभएकी सांसद समीना हुसेनले पनि राजिनामा नदिने बताउनुभएको छ । उहाँले आफू राजिनामाको पक्षमा नरहेको र आफ्नै सरकार अलफल बनाउनका लागि राजिनामा पनि नदिने जानकारी दिनुभयो ।
‘कसैले मन लागे देलान तर मेरो नाम राजिनामाको सूचीमा भनेर प्रचार गर्ने कामप्रति खेद प्रकट गर्दछु’ उहाँले भन्नुभयो । सांसद हुसेनले आफू पार्टी एकीकृत भएर अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको पनि जानकारी दिनुभयो ।
प्रकाशित मिति : 13:28









