राजिनामा दिएको छैन, म पार्टी एकताको पक्षमा छुः सांसद खतिवडा
२६ वैशाख, काठमाडौँ । नेकपा एमालेका नेता एवं सांसद नारायणप्रसाद खतिवडाले आफूले राजिनामा नगरेको जानकारी दिनुभएको छ । दैनिकीले राजिनामाको सूचीमा तपाइको पनि नाम छ नि भनेर गरेको प्रश्नमा उहाँले आफूले राजिनामा नगरेको स्पष्ट पार्नुभयो । उहाँले आफू अहिले पनि पार्टी एकताकै पक्षमा रहेको भन्दै अहिले पनि छलफलमा रहेको जानकारी दिनुभयो । यद्यपी उहाँले पार्टीको संस्थापन समूहले त्यती वास्ता नगरिरहेको बताउनुभयो ।
प्रकाशित मिति : 13:07









