२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय

२० असार, काठमाडौं । सरकारले निर्वाचन आचार संहिता लागू भएपछि तत्कालीन शेरबहादुर देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गरेको छ । बुधबार राति बसेकोे मन्त्रिपरिषद् बैठकले भदौ १४ देखि फागुन २ सम्म भएका सबै राजनीतिक नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सन्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।

उनले भने ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिलसिलामा निर्वाचन आचारसंहिता लागू भएको मिति २०७४ भदौ १४ गते यता नेपाल सरकारका बिभिन्न मन्त्रालयष्का अन्तर्गतका प्राधिकरण, संस्थान, परिषद, बोर्ड, समिति, कम्पनी ऐनको अन्य संगठित संस्थामा आदि संस्थामा मन्त्रिपरिषद तथा मन्त्रीस्तरबाट भएका सबै किसिमका राजनीति नियुक्ति एवम् मनोनयन खारेज गर्ने निर्णय गरिएको छ ।’ यस्तै सरकारले सरकारले चिकित्सा शिक्षा विधेयक पुनः संसदमा पेश गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २० असार २०७५, बुधबार २३:५९