२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

देउवालाई निराश पारेर महन्थ ठाकुर र राजेन्द्र महतो सीधै प्रधानमन्त्री निवास वालुवाटारमा

२६ वैशाख, काठमाडौँ । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवालाई निराश बनाएर जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सीधै प्रधानमन्त्री निवास वालुवाटार पुग्नुभएको छ । उहाँहरूले त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिरहनुभएको छ ।

त्यसअघि उहाँहरूले कंग्रेसका सभापति देउवालाई भेटेरै प्रधानमन्त्री केपी शर्मा ओलीको विरूद्धमा मत दिने विषयमा जसपाले कुनै निर्णय नगरेको जानकारी गराउनुभएको छ ।

आइतबार बिहान पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोसहित देउवानिवास बुढानिलकण्ठ पुग्नुभएको ठाकुरले ओलीलाई सरकारबाट हटाउने निर्णय जसपाले नगरेको जानकारी दिनुभएको हो । ठाकुरको कुरा सुनेपछि अब प्रधानमन्त्री हुने भइयो भनेर बस्नुभएका देउवा निराश बन्नुभएको छ ।

ठाकुरले उपेन्द्र यादवले व्यक्त गरेका प्रतिवद्धता व्यक्ति रहेको प्रष्ट पारिदिनुभएको छ । ठाकुरले पार्टीभित्र समेत कुनै विवाद नभएको तर उपेन्द्र र बाबुरामले अनावश्यक हल्ला फिजाएको जानकारी गराउनुभएको छ । उहाँले पार्टीको कार्यकारिणी समिति र संसदीय दलमा आफूहरू बहुमतमा रहेकाले पार्टीको निर्णय नहुन्जेल जसपाको भर परेर निर्णय नगर्न अनुरोध समेत गर्नुभएको छ ।

प्रकाशित मिति : 11:41