देउवालाई भेटेर महन्थले भनेः जसपाले ओलीको विरूद्धमा मत दिने निर्णय गरेको छैन
२६ वैशाख, काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ भेटेरै प्रधानमन्त्री केपी शर्मा ओलीको विरूद्धमा मत दिने विषयमा जसपाले कुनै निर्णय नगरेको जानकारी गराउनुभएको छ ।
आइतबार बिहान पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोसहित देउवानिवास बुढानिलकण्ठ पुग्नुभएको ठाकुरले ओलीलाई सरकारबाट हटाउने निर्णय जसपाले नगरेको जानकारी दिनुभएको हो । ठाकुरको कुरा सुनेपछि अब प्रधानमन्त्री हुने भइयो भनेर बस्नुभएका देउवा निराश बन्नुभएको छ ।
ठाकुरले उपेन्द्र यादवले व्यक्त गरेका प्रतिवद्धता व्यक्ति रहेको प्रष्ट पारिदिनुभएको छ । ठाकुरले पार्टीभित्र समेत कुनै विवाद नभएको तर उपेन्द्र र बाबुरामले अनावश्यक हल्ला फिजाएको जानकारी गराउनुभएको छ । उहाँले पार्टीको कार्यकारिणी समिति र संसदीय दलमा आफूहरू बहुमतमा रहेकाले पार्टीको निर्णय नहुन्जेल जसपाको भर परेर निर्णय नगर्न अनुरोध समेत गर्नुभएको छ ।
प्रकाशित मिति : 11:28









