राजिनामा गर्ने सांसदको सूची अनुमोदन गर्न माधव नेपाल गुटको स्थायी कमिटी बैठक बस्दै
२६ वैशाख, काठमाडौँ । राजिनामा दिने सांसदहरूको सूची अनुमोदन गर्न माधवकुमार नेपाल गुटको स्थायी कमिटीको बैठक बस्दैछ । सो समूहका नेताहरूका अनुसार बैठकको समय यकिन भैसकेको छैन । बैठक भर्चुवल हुने सम्भावना धेरै रहेको छ ।
बैठकले राजिनामा दिने सांसदहरूको सूची अनुमोदन गर्ने छ । घनश्याम भुसालले गुटको निर्णय भन्दै कतिपय सांसदलाइ राजिनामाको अनुरोध गर्दा उनीहरूले अस्वीकार गरेका छन । एमालेकै सरकार ढाल्नका लागि अनेक प्रयन्त गरिरहेको माधव नेपाल गुटको सम्भवत यो नै अन्तिम प्रयत्न हो ।
पार्टी फुटाउनका लागि संख्या समेत नपुगेपछि भारतका लागि कम्फर्टेबल सरकार बनाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभियानमा लागेर सांसदहरूको राजिनामा गराउने पहल नेपाल समूहले लिइरहेको छ ।
प्रकाशित मिति : 11:15









