२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

नयाँ पुस्ताको राजनीतिक भविष्य हत्या गर्न लागेको भन्दै एमाले नेतालाई एसएमएस मार्फत खबरदारी

२६ वैशाख, काठमाडाैँ । नयाँ पुस्ताको राजनीतिक भविष्य हत्या गर्न लागेको भन्दै एमाले नेतालाई एसएमएस मार्फत खबरदारी अभियान चलेको छ । एमालेका सचेत नेता कार्यकर्ताले राजिनामाको तयारीमा रहेका सांसद र पार्टीका शीर्ष नेता सबैलाइ एसएमएस मार्फत खबरदारी सन्देश पठाएका छन ।

सन्देशमा भनिएको छ ‘विचार सिद्धान्तको होइन । ओली–नेपालको व्यक्तिगत इगोले सत्यनासको बाटोमा लाग्नुहुने छैन भन्ने लागेको छ । ०५४ सालको क्षतिपूर्ति पाउन ०७४ साल पर्खनुपर्‍यो,’ एसएमएसमा लेखिएको छ, ‘अहिलेको क्षति तपाईंको पुस्ताले तिर्न सक्दैन । तपाईं र नयाँ पुस्ताको राजनीतिक भविष्य हत्या गर्ने बाटो त्यागिदिनुहोला ।’

प्रकाशित मिति : 11:00