२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

माधव गुटका सांसदलाई घनश्याम भुसालको फोन ‘तपाईले सांसद पदबाट राजिनामा दिनुस्’

२६ वैशाख, काठमाडौँ । नेकपा एमालेका निलम्बित नेता घनश्याम भुसालले पार्टीमा माधव नेपाल गुटमा क्रियाशिल सांसदहरूलाई राजिनामा दिन निर्देशन दिनुभएको छ । उहाँले सांसदहरूलाई फोन गर्दै माधव नेपाल गुटको निर्णय अनुसार तपाईले सांसद पदबाट राजिनामा दिनुपर्यो भन्दै फोन गरिरहनुभएको छ ।

दाङको ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको हरिचन्द्र केसीलाई भुसालले फोन गरेर टिमको निर्णय यस्तो भएको छ तपाईले राजिनामा दिनुपर्छ भनेर जानकारी गराउनुभएको छ । भुसालले केसीलाई जस्तै गरी अन्य १० सांसदलाई पनि राजिनामाको आग्रहसहित फोन गर्नुभएको छ । यद्यपी दाङका केसीले भने गुटको नेताले भन्दैमा जनतामाथि गद्दारी गरेर राजिनामा दिन नसक्ने जानकारी गराउनुभएको छ ।

प्रकाशित मिति : 10:44