माधव नेपालको निर्देशन मानेर जनतामाथि गद्दारी गर्न सक्दिन, म सांसदबाट राजिनामा दिन्नः केसी
२६ वैशाख, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसद हिराचन्द्र केसीले आफूले सांसद पदबाट राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । घनश्याम भुषालले फोन गरेर माधवकुमार नेपाल समूहको निर्देशन भन्दै राजिनामा दिन आग्रह गरेको बताउँदै उहाँले आफूले राजिनामा नदिने बताउनुभएको छ ।
जनताले पाँच वर्षका लागि आफूलाइ सांसद बनाएको कारण माधव नेपालको निर्देशन भनेर जनतामाथि गद्दारी नगर्ने बताउनुभयो । उहाँ दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।
प्रकाशित मिति : 10:25









