महन्थ ठाकुर र राजेन्द्र महतो कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठमा
२६ वैशाख, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुग्नुभएको । प्रधानमन्त्री केपी शर्मा ओलीलाइ विश्वासको मत दिने पक्षमा रहनुभएका ठाकुर र महतोको बुढानिलकण्ठको भेटलाइ अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्लो परिघटनाले देउवामा फेरि प्रधानमन्त्री हुन पाइन्छ कि भन्ने विश्वास बढेको छ । यही सेरोफेरोमा जसपाको सहयोग माग्न देउवाले उहाँहरूलाइ बुढानिलकण्ठ बोलाएको हुनुपर्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति : 10:21









