म माधव नेपालले भनेर राजिनामा दिने सांसद होइनः सांसद चाैधरी
२६ वैशाख, काठमाडौँ । नेकपा एमालेकी सांसद गंगा चौधरीले आफूले राजिनामा नदिने स्पष्ट पार्नुभएको छ । विभिन्न सञ्चारमाध्यमले राजिनामा दिने सांसदको सूचीमा चौधरीको नाम राखेपछि उहाँले राजिनामा नदिने स्पष्ट पार्नुभएको हो ।
उहाँले आफू एमाले छाडेर कांग्रेस र माओवादीको भरिया हुन नजाने स्पष्ट पार्नुभयो । उहाँले आफू पार्टी विभाजनको पक्षमा कहिल्यै नरहेको बताउनुभएको छ ।
प्रकाशित मिति : 10:03









