२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

माधवजीहरू भत्काउनै लाग्नुभएको छ राजिनामा कुरा नाैलो होइनः उपनेता नेम्वाङ

२६ वैशाख, काठमाडाैँ । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले माधव नेपालहरू पार्टी भत्काउने अभियानमा निरन्तर सक्रिय रहेको बताउनुभएको छ । उहाँले नेपालहरूले पहिल्यैदेखि पार्टी भत्काउने प्रयास गर्दै आएको बताउनुभयो ।

पछिल्लो दिनमा पार्टीका दोस्रो तहका नेताहरू बसेर एकखालको सहमति र निकास दिने समझदारी भैरहेको समयमा शनिबार बिहानै नेपालले फेसबुकमा पोस्ट गरेको टिप्प्णीबाट उहाँहरूको यात्रा कता थियो भन्ने प्रष्ट भैसकेको उपनेता नेम्वाङले बताउनुभयो ।

उहाँहरूले राजिनामाको कुरा पनि बिगत दुइ महिनादेखि गर्दै आउनुभएकोले त्यो पनि कुनै नौलोकुरा नभएको बताउनुभयो । उहाँले आफूहरूले सहमतिको प्रयास जारी राख्दै गर्दा पनि नेपालले यो वार्ता काम लाग्दैन, छलफलको अर्थ छैन भनेर निरुत्साहित पारिरहेको बताउनुभयो ।

प्रकाशित मिति : 09:13