माधव समूहको राजिनामा प्रचारका लागि सामूहिक, संसदमा छुट्छुट्टै बुझुाउनु पर्ने
२६ वैशाख, काठमाडौँ । सत्तारुढ नेकपा एमालेको विवाद अब निर्णायक मोडमा पुगेको छ । पार्टी फुटाउने संख्या नपुगेपछि माधवकुमार नेपाल समूहले आफ्ना गुटका सांसदहरूलाइ राजिनामा गराएर ओली सरकारको विश्वास गुमाउने रणनीति तयार गरेको छ । शनिबार दिउँसोभर भएको छलफलबाट उनीहरूले प्रचारका लागि सामूहिक राजिनामामा हस्ताक्षर गरिसकेका छन ।
उनीहरूले विज्ञप्तिको खाकामा राजिनामा घोषणा गरेरमात्र राजिनामा नहुने भएकाले संसद सचिवालय गएर नियम अनुसारको छुट्टाछुट्टा राजिनामा वुझाउनुपर्नेछ । त्यसअघि नै एमालेभित्र चमत्कारिक कुनै निर्णय नभएमा उनीहरूले संसद सचिवालयमा पुगी लाइन लागेर राजिनामा बुझाउनेछन । त्यसका बारेमा निर्णय लिन माधव नेपाल समूहका नेताहरू अहले छलफलमा जुट्दैछन ।
प्रकाशित मिति : 08:52









