कमानसिंहसँग नुवाकोट र राष्ट्रिय राजनीतिमा सँगै काम गर्ने संकल्प अधुरै रह्योः नेता रिमाल
२५ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले कमनासिंह लामासँग नुवाकोट र राष्ट्रिय राजनीतिमा सँगसँगै रचनात्मक योगदान गर्ने संकल्प अधुरै रहेको बताउनुभएको छ ।
कोरोनाका कारण शुक्रबार ज्यान गुमाउनु भएका लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेता रिमालले लामा एमाले पार्टीमा ढिला आए पनि छोटो समयमै आफ्नो उपस्थिति महशुष गराएको बताउनुभएको छ । रिमाल र लामा स्कुले सहपाठी समेत हुनुहुन्थ्यो ।

उहाँले भन्नुभएको छ ‘मेरो स्कूले सहपाठी प्रिय कमानसिंह, संगसंगै जिल्लाको राजनीति र राष्ट्रीय राजनीतिमा रचनात्मक योगदान गर्ने हाम्रा संकल्प फेरी पनि अधुरै रहे१ तिमी पार्टीमा ढिलो आयौ छोटो समयमै आफ्नो उपस्थिति महसूस गरायौ र, एक्कासी अस्तायौ।’
प्रकाशित मिति : 08:03









