अरूण नेपाल भन्छनः वैशाख २७ मा एकतावद्ध भएर विश्वासको पक्षमा मतदान गराैँ
२४ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)का नेता अरूण नेपालले पार्टी बचाइराख्न ६ बुँदे सुझाव नेतृत्वसामू दिनुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत ६ बुँदामा सुझाव दिनुभएको हो ।
नेता नेपालले एकतावद्ध ढंगले वैशाख २७ मा विश्वासको पक्षमा मतदान गर्न पनि अपिल गर्नुभएको छ । उहाँले २०७५ जेठ २ को पार्टी संरचनालाई क्रियाशील पार्नुपर्ने लगायत राखेका प्रस्ताव यस्तो छ ।
१. २०७५ जेठ २ को पार्टी संरचनालाई क्रियाशील पारौं ।
२. पहिलो के.क बैठकबाट सकेसम्म छिटो महाधिवेशनको मिति तोकौ र त्यसकोलागि आयोजक समिति गठन गरौ ।
३. आयोजक समितिमा अन्य पार्टीबाट प्रवेश गरेका र अन्य कमरेडहरुलाई समेत आवश्यकता अनुसार मनोनयन गरौ ।
४. मातहत कमिटीका अघिवेशन गर्ने समयसिमा तोकौ । दुबै खेमाबाट बनाइएका कमिटीका सबैलाई समावेश गरेर आयोजक कमिटी बनाऔं । २०७५ जेठ २ गते कायम रहेका अध्यक्षलाई संयोजक र अर्को (समानान्तर) कमिटीका अध्यक्ष/संयोजकलाई सहसंयोजक बनाऔं ।
५. एकतावद्ध भएर बैशाख २७ गते संसदमा विश्वासको पक्षमा मतदान गरौं ।
६. दुई पार्टी एकताबद्ध भए यताका प्रमुख घटनाक्रमका सम्बन्धमा अध्ययन गर्न एक कार्यदल गठन गरौं । त्यसबाट प्राप्त प्रतिबेदनलाई महाधिवेशनमा प्रस्तुत गरौ ।
प्रकाशित मिति : 08:34









