नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक
२३ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले यही वैशाख २५ गते शनिवार दिनको २ बजे संघीय संसद भवन, बानेश्वर स्थित ल्होत्से हलमा बस्ने गरी दलको बैठक बोलाएको छ । २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरिरहेको समयमा प्रधानमन्त्रीलाइ असफल बनाउने निर्णय नै गरिसकेको कांग्रेसले सांसदहरूलाइ विश्वासको मतको विपक्षमा उभिन निर्देशन दिने बुझिएको छ ।
प्रकाशित मिति : 17:28









