३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

एमाले बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला

२३ वैशाख, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी एमाले वागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनीत हुनु भएकाे छ । आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी नुवाकोटका केशवराज पाण्डेले सम्हाल्नु भएपछि रिक्त रहेको सो पदमा निरौलालाई मनोनीत गरिएको हो । मुख्यमन्त्री डोरमणि पाैडेलले दलको विधान २०७७ को दफा १३ बमोजिम  निरौलालाई मनोनयन गर्नु भएकाे हाे ।  निरौलालाई गत १७ गते मुख्य सचेतकमा नियुक्त गरि आज बागमती प्रदेश सभा सचिवाललाई जानकारी समेत गराइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : May 6, 2021 at 3:00 pm