१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

काम छाडेर अनसन बसेका गोविन्द केसीका लागि जुम्लामा नांगो जुलुश

२० असार, जुम्ला । जागिर खाएर काम नगरी अनसन बसेर हिड्ने डा गोविन्द केसीको समर्थनमा जुम्लामा अर्धनग्न प्रदर्शन भएको छ । जुम्लाका नागरिकगले कम्मर माथिको भाग नांगो बनाएर केसीको पक्षमा प्रदर्शन गरेका हुन । उनीहरुले अर्धनग्न जुलुशमा मुखमा कालो पट्टी बाँधेर सडकमा निस्किएका थिए । यता केसीलाई अनशनस्थलमा उपचार सम्भव नभएको भन्दै नेपाल चिकित्सक संघ कर्णाली प्रदेश समितिले प्रदेशभरीका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।

अनशनका चार दिन पुगिसक्दा पनि सरकारले सुरक्षित स्थानमा स्थानान्तरण नगरेको भन्दै यस्तो निर्णय गरेको संघले जनाएको छ । संघको प्रदेश समितिको विज्ञप्तीअनुसार डा केसीको समर्थनमा कर्णाली प्रदेशका स्वास्थ्य संस्थाहरूले आफ्नो सेवा बन्द गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरू पनि काम छोडेर डा केसीको समर्थनमा प्रदर्शनमा उत्रेका छन् ।

प्रकाशित मिति : २० असार २०७५, बुधबार १६:१९