रामकुमारीलाई ऐनको जवाफः आत्महत्या अघि अरुको हत्या झन गम्भीर अपराध हो
२२ वैशाख, काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीलाइ अनेरास्ववियूका अध्यक्ष ऐन महरले जवाफ फर्काउनुभएको छ । झाँक्रीले आफूहरू सत्यनास हुनेभएपछि ओलीलाइ पनि लिएर सत्यनासको बाटोमा डुब्छौँ भनेर सामाजिक सञ्जालमा प्रतिक्रिया दिएपछि महरले त्यसको प्रतिवाद गर्नुभएको हो ।
अध्यक्ष महरले झाँक्रीको उक्त अभिव्यक्तिलाइ आत्महत्याअघि अरूको हत्याको योजना बनाउने गम्भीर अपराधको रूपमा व्याख्या गर्नुभएको छ । महरले भन्नुभएको छ ‘मानिस जब आफ्नो कर्म या कुकर्म बाट जिवनमा बिक्षिप्त हुन्छ अनि उसले आत्महत्याको बाटो रोज्छ। आत्महत्या कायरता हो । अझ गम्भीर बिषय त के हो भने जब आत्महत्या गर्नु अघि अरुको हत्या गर्ने योजना बुन्छ त्यो गम्भीर अपराध हो । नेकपा एमाले का सबै सचेत नेता कार्यकर्ताहरुले यस्ता खालका कायरता र अपराध प्रती सचेत हुन जरुरी छ ।’
त्यसअघि झाँक्रीले भन्नुभएको थियो ‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड । हिन्दीमा एउटा कहावत छस् हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढोँ ।’

प्रकाशित मिति : 16:56









