२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीद्धारा शपथ ग्रहण

२२ वैशाख, वुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार साँझ नियुक्त गरेका मन्त्रीहरु चेतनारायण आचार्य, भोज प्रसाद श्रेष्ठ र धर्म बहादुर लाल श्रीवास्तवले प्रदेश प्रमुख धर्मनाथ यादवबाट पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे ।

आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएकाे छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्री श्रेष्ठ र शिक्षा तथा सामाजिक विकास मन्त्री श्रीवास्तव बन्नुभएकाे छ । यो सँगै पोखरेल नेतृत्वको १० सदस्यीय मन्त्रिमण्डल पुगेको छ । आज शपथ ग्रहण गर्नुभएका आर्चाय र श्रेष्ठ एमालेका हुनुहुन्छ भने श्रीवास्तव सूर्य चिन्ह लिएर प्रदेशसभाका निर्वाचित हुनुभएकाे थियाे ।

प्रकाशित मिति : 13:23