समर्थन फिर्ताको पत्र बोकेर माओवादी नेता सिंहदरबार जाँदै
२२ वैशाख, काठमाडौँ । सरकारलाइ दिएको समर्थन फिर्ताको पत्र बोकेर माओवादी नेता सिंहदरबार जाँदै छन । यसअघि मंगलबार माओवादीको स्थायी कमिटी बैठकले सरकारलाइ दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
मंगलबार ढिला भएकाले आज बिहानै संसद सचिवालयमा लगेर पत्र दर्ता गराउने तयारी माओवादी नेताहरूको छ । माओवादी नेताहरू १२ बजेसम्ममा संसद सचिवालय पुग्ने जनाइएको छ ।
प्रधानमन्त्रीले वैशाख २७ मा विश्वासको मत लिने निर्णय गरेपछि माओवादी संकटमा परेपछि उसले समर्थन फिर्ता लिने निर्णय गरेको हो । सरकारमै रहेर असहोगको अभियान चलाएको माओवादी भारतका लागि कम्फर्टेबल सरकार बनाउने उद्घोषसहित लागेको थिए यद्ययी उसले नयाँ सरकार बनाउने सम्भवना कमजोर देखिएको छ ।
प्रकाशित मिति : 09:54









