१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

रसुवामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

२० असार, काठमाडौँ । रसुवाको सिम्बुबमा मंगलवार राति जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको भने २ जना घाइते भएका छन् ।

साञ्जेन हाइड्रोपावरको सामान बोकेको बा १७ च ५३४५ नम्बरको जीप मंगलबार राति १० बजे सिम्बुबमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा मोरङ स्थायी घर भएका ४५ वर्षीय शिवगञ्ज राजवंशी र दाङका २४ वर्षीय विकास घर्तीमगर रहेका छन् । राजवंशी स्काभेटर चालक र घर्तीमगर हेल्थ असिस्टेन्ट रहेको रसुवा प्रहरीले जनाएको छ ।

जीप अनियन्त्रित भएर सडकबाट १२० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० असार २०७५, बुधबार १०:११