२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

लुम्बिनीमा अब एमालेको एकल सरकार, मन्त्री खान तम्सिएका कांग्रेस र माओवादी ट्वाँ

१९ वैशाख, वुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशमा ठूलो दलको हैसियतामा लुम्बिनी प्रदेशमा एकल सरकार बनाउने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिनुभएपछि एमालेले ठूलो दलको हैसियतामा एकल सरकार गठनको तयारी थालेको हो ।

माओवादी र कांग्रेसले मुख्यषमन्त्री पोखरेलविरूद्धको अविश्वासको प्रस्ताव सफल बनाउने नाममा जसपाका चार सांसदलाइ कीर्ते कागजात खडा गरी पदमुक्त गरी एमाले लुम्बिनी प्रदेशसभामा एकल बहुमत प्राप्त दल बन्न पुगेको थियो । लुम्बिनी प्रदेशमा रहेको ८१ सांसद मध्ये ४१ जना सांसद नेकपा एमालेका छन ।

अब एमाले संसदीय दलका नेता पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार वहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार बनाउनुहुनेछ ।

बैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा० ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । पोखरेललाइ पदमुक्त गरेर मुख्यमन्त्री र मन्त्रीहुन र्याल काढीरहेका नेपाली कांग्रेस र माओवादीका नेता एमालेको पछिल्लो कदमले ट्वाँ परेका छन । पोखरेलले बिहान प्रदेश प्रमुखलाइ भेटेर राजिनामा बुझाउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

मुख्यमन्त्री पोखरेलको राजिनामा स्वीकृत (प्रदेश प्रमुख कार्यालयको विज्ञप्तिसहित)

-लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजिनामा

-लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरूद्धको अविश्वासको प्रस्ताव सदनमा पेश हुँदै

 

प्रकाशित मिति : 10:13