लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजिनामा
१९ वैशाख, वुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ । संसदीय दलको आइतबार बिहान बसेको बैठकमा उहाँले राजीनामा पेश गर्नुभएको नेकपा एमालेका मुख्य सचेतक भूमीश्वर ढकालले जानकारी दिनुभयो ।
दुई दलको सरकार भएकाले अब ठूलो दलको हैसियतमा पोखरेल पुन: मुख्यमन्त्री नियुक्त हुने र एक महिनाभित्र विश्वासको मत लिने ढकालले जानकारी दिनुभयो । जसपाका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभामा सत्तारूढ एमालेको एकल बहुमत भएको छ ।
प्रकाशित मिति : 09:48









