एमसिसी पारित गर्न प्रचण्डले पनि सहयाेग गर्ने बताउनुभएकाे छः सभापति देउवा
१७ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसीबारे भ्रम फैलाइएको बताउनुभएकाे छ । देउवाले बाबुराम भट्टराई र सुशील कोइरालाका पालादेखि एमसिसीको प्रक्रिया अगाडि बढेको र आफ्नो नेतृत्वमा रहेको सरकारले मन्त्रिपरिषदबाट पास मात्रै गरेको उल्लेख गर्दै एमसिसी ठूलो अनुदान भएको बताउनुभयाे ।
शुक्रबार बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै देउवाले भन्नुभयाे, ‘यो मेरो पालामा मन्त्रिपरिषदबाट पास मात्रै गरेको हो,’ । ‘यो ठूलो अनुदान रकम हो, ब्याज तिर्नु पर्ने पनि होइन।’ उहाँले एमसिसीबारे भ्रम फैलाइएकोमा असन्तुष्टि समेत पाेख्नुभएकाे छ ।
उहाँले एमसिसी सित्तैमा दिएको अनुदान भएकाे र ब्याज तिर्नु समेत नपर्ने बताउनुभयाे । उहाँले यसबारेमा नेपालमा भ्रम फैलाइएको बताउनुभयाे । उहाँले अमेरिकी सेना आउँछ भनेर, कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना?,’ भन्दै प्रश्न गर्नुभयाे। एमसिसी पारित गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सहयोग गर्ने भनेको देउवाले बताउनुभयाे ।
प्रकाशित मिति : 15:45









