२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

अध्यक्ष ओलीद्धारा एमालेको नयाँ संगठनात्मक सर्कुलर जारी (सम्पूर्ण विवरणसहित)

१७ वैशाख, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नयाँ संगठनात्मक सर्कुलर जारी गर्नुभएको छ । सर्कुलर मार्फत तहगत रूपमा पार्टीका अधिवेशनहरूको तिथि पनि सार्वजनिक गरिएको छ । गत वैशाख ६, १० र १२ गते भएको केन्द्रीय कमिटी बैठकको निर्णय सर्कुलर गर्दै एमालेले तहगत अधिवेशनको तिथिलाई अन्तिम रूप दिएको छ । जस अनुसार वडा अधिवेशन भदौ ५ मा हुने,  पालिका अधिवेशन भदौ १५ र जिल्ला अधिवेशन भदौ ३० मा तय गरिएको छ ।

असोज २३ गते प्रदेश अधिवेशन हुनेछ । असोज २३ गते प्रदेश तहका कमिटीहरूको अधिवेशन सम्पन्न गर्ने बताइएको छ । सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गरिने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 13:06