१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नुवाकोटको विकासः कांग्रेस सांसद लामाको गाउँ, जहाँ बस गुडाउन डाेरीले तान्नुपर्छ (भिडियोसहित)

–सुदिप मुडभरी

१९ असार, नुवाकोट । नेतै नेताको जिल्ला भनेर उपमा पाएका नुवाकोटका जनता तीनै नेताहरुबाट वर्षौदेखि पीडित रहेका छन । विकास दृष्टिकोणले बत्तिमुनीको अध्यारो भनिने नुवाकोटका ग्रामिण सडकमात्रै हैन राजमार्गहरुको हालत पनि उस्तै छ ।

विगतदेखि नै सडकहरुको दुरावस्था हुँदा पनि जनअपेक्षा अनुसार विकास निर्माणका लागि नेताहरुले खासै पहल कदमी लिन सकेका छैनन् । आज हामीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद बहादुरसिंह लामाको गाउँको सडकको दुरावस्था यहाँ प्रस्तुत गरेका छौँ । नुवाकोट जिल्लाको किस्पाङको सडक वर्षौदेखि समस्याग्रस्त छ तर त्यसको स्तरोन्तीका लागि त्यति ध्यान पुग्न सकेको छैन ।

हेर्नुहोस भिडियो (भिडियो साैजन्यः सानुमाया पाख्रिन)

 

किस्पाङ गाउँपालिका वडा नम्बर ४ मा कार्की गाउँमा अहिले वर्षाको समयमा सबैजसो गाडीलाई डोरी लगाएर गाउँलेले तान्दामात्रै गुड्छ । यो कार्की गाउँ लामाको गृह गाउँपालिकामा रहेको छ । स्थानीय सानुमाया पाख्रिन सडकका कारण जनताले धेरैनै सास्ती व्यहोर्नुपरेको बताउँछिन । उनका अनुसार अझ व्यपार गर्नेहरुलाई सामान ढुवानी गर्न निकै कष्ट रहेको छ ।

पासाङलामु राजमार्गको दुरावस्था पनि उस्तै छ हेर्नुहोस भिडियो

प्रकाशित मिति : १९ असार २०७५, मंगलवार २०:५७