जसपाले लुम्बिनी प्रदेशका सांसदमाथि कुनै कारबाही गरेको छैनः अध्यक्ष ठाकुर
१६ वैशाख, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका सभामुखलाइ पत्राचार गर्दै आफ्ना सांसद माथि पार्टीले कारबाही नगरेको जानकारी गराउनुभएको छ । प्रदेशसभा सचिवालयले सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे सांसदबाट पदमुक्त भएको भन्दै सूचना प्रकाशन गरेको थियो ।
ठाकुरले दल एकीकरण भैसकेको र दलले कुनै कारबाही नगरेका कारण प्रदेशसभाले गैरकानुनी काम गर्न नसक्ने बताइएको छ । त्यस्तै जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले लुम्बिनीका नवनियुक्त मन्त्रीहरुलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय फर्जी भएको बताउनुभएको छ ।
प्रदेशसभा सचिवालयले प्रकाशित गरेको सूचनामा भने जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा ९५० बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदीय दलले दिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 19:48









