१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

विज्ञान तथा प्रविधि विकासमा मद्दत पु¥याउने व्यक्तित्वहरु पुरस्कृत

१९ असार, काठमाडाैँ । विभिन्न ठाउँमा रहेमा रहेर विज्ञान तथा प्रविधि विकासमा मद्दत पु¥याउने व्यक्तिहरु पुरस्कृत भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले आज खुमलटारस्थित कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा देशका विभिन्न भागमा रहेर विज्ञान प्रविधिका क्षेत्रमा योगदान दिने व्यक्तिहरु पुरस्कृत भएका हुन् ।

सो अवसरमा तथा प्रविधि प्रज्ञा पुरस्कार डा महेशकुमार अधिकारी, विज्ञान पुरस्कार डा सोमनाथ सोपकोटा र प्रविधि पुरस्कार डा हेमराज पन्तले प्राप्त गर्नुभएको छ । नास्टले विज्ञान तथा प्रविधि पुरस्कार डा नारायणप्रसाद गैरे, डा विष्णुप्रसाद पाण्डे, डा प्रमोद पौडेल, डा दीपनारायण शाह र प्रेम सिंह साउद गरेर पाँच जनालाई संयुक्त रुपमा प्रदान गरेको छ ।

प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार रोबोटिक्स क्लब, पुल्चोक र सुरेश भट्टराईले पाउनुभएको छ । दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार प्रतिक्षा चालिसे र रोशन नेपालले पाउनुभएको छ । नास्टले विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार लक्ष्मण डंगोललाई प्रदान गरेको छ ।

नबिल विज्ञान तथा प्रविधि पुरस्कार डा रामकुमार अधिकारी, डा मुकेशकुमार चालिसे, डा अमरप्रसाद यादव र डा रजनी मल्ललाई प्रदान गरिएको छ । नास्टले फणिन्द्रप्रसाद न्यौपाने अनुसन्धान पुरस्कार मोहन महतो, मोहनध्वज बस्नेत प्रज्ञा पुरस्कार ऊर्जा अध्ययन केन्द्र, इञ्जिनियरिङ अध्ययन संस्थानलाई प्रदान गरेको छ । यस वर्षका भुवनेश्वर प्रविधि पुरस्कार हिमालयन ब्रिक प्रालि र जीतबहादुर नकर्मी धातु प्रविधि पुरस्कार भोजपुरस्थित उर्मिला आरन उद्योगले प्राप्त गरेका छन् ।

प्रतिष्ठानका सह–कुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले कक्षा १० र ११ मा विज्ञान र गणितलाई अनिवार्य विषयका रुपमा नराख्ने निर्णयलाई कतिपयले विज्ञान विरोधी निर्णयका रुपमा टिप्पणी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि हाम्रो एसइई परीक्षामा ४७ प्रतिशतभन्दा कम विद्यार्थीले मात्रै राम्रो ग्रेड ल्याएको छ ।” नास्टले पुरानो धार छाडेर नयाँ ढंगले चल्नुपर्नेमा उहाँको जोड छ ।

नास्टका उपकुलपति प्राडा जीवराज पोखरेलले नास्ट व्यवहारमा स्वायत्त संस्था बन्न नसकेको बताउनुभयो । नास्टका सचिव बुद्धिरत्न खड्गीले नास्टलाई राजनीतिक थलो नबनाएर प्राज्ञिक थलो बनाउनुपर्ने आवश्यकता औँलाउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले धेरैतिरबाट चाप आएकाले उच्च माविमा गणित अनिवार्य विषयबाट हटाइएको बताउनुभयो । कार्यक्रममा देशभरबाट आएका वैज्ञानिकहरु, नास्टका पूर्व पदाधिकारीलगायत सहभागी थिए ।

प्रकाशित मिति : १९ असार २०७५, मंगलवार १९:२९