९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

स्वास्थ्य विभागको टोलीद्वारा महाकाली अस्पतालको अनुगमन

१५ वैशाख, काठमाडाैँ । स्वास्थ्य विभागका महानिर्देशक दीपेन्द्ररण श्रेष्ठसहितको उच्चस्तरीय टोलीले आज महाकाली अस्पतालको अनुगमन गरेको छ । टोलीले अस्पतालको वस्तुस्थितिबारे जानकारी लिएको छ । टोली प्रमुख श्रेष्ठलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले कोरोनाको जोखिम बढ्दै गएका बेला अस्पताल बिरामीले भरिएको बताउनुभयो ।

“आवश्यक जनशक्तिको अभाव छ”, उहाँले भन्नुभयो, “अक्सिजन, भेन्टीलेटरलगायतको अभाव रहेको छ, यसको पूर्ति गरिदिनु प¥यो ।” प्रत्युत्तरमा महानिर्देशक श्रेष्ठले २०० श्ययाको अस्पताल भएकाले क्षमतानुसार जनशक्ति र अक्सिजनलगायतको व्यवस्था मिलाइने बताउनुभयो । टोलीले आजै पश्चिमी सीमानाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कको समेत अनुगमन गरेको छ ।

प्रकाशित मिति : April 28, 2021 at 10:25 pm