आईपीओ निष्कासनको प्रस्तावसहित गरिमा होल्डिङ्सले बोलायो साधारणसभा
१३ मंसिर, काठमाडौं । गरिमा होल्डिङ्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। मंसिर ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस ५ गते आइतबार दोस्रो वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव छलफल गरी पारित गरिनेछ। त्यस्तै, गरिमा होल्डिङ्स लिमिटेड र अन्य कम्पनीहरूबीच एकआपसमा गाभ्ने वा गाभिने (मर्जर) तथा अन्य कम्पनीहरू प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत पेस हुनेछ।
प्रकाशित मिति : November 29, 2026 at 9:25 am














