वागमती प्रदेशका तीन मन्त्री र एक राज्यमन्त्रीद्धारा शपथग्रहण
१५ वैशाख, काठमाडाैँ । वागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले शपथग्रहण गर्नुभएकाे छ । नवनियुक्त उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकास मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारीले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएकाे हाे ।
मन्त्रीहरुलाई प्रदेश प्रमुखले र राज्यमन्त्रीलाई प्रदेशप्रमुखको उपस्थितिमा मुख्यमन्त्री डोरमणि पौडेल शपथग्रहण गराउनुभएकाे हाे । माओवादी र एमालेको माधव नेपाल पक्षका मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री पौडेलले आजै नयाँमन्त्री नियुक्त गर्नुभएकाे थियाे ।
प्रकाशित मिति : 16:35









