१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

कर्मचारीले काममा असहयोग गरेको मुख्यमन्त्रीको गुनासो

१९ असार, धनुषा । मुख्यमन्त्री लालबाबु राउतले संघीयताको सफल कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धता र कर्मचारीको सर्वस्वीकार्यता आवश्यक रहेको बताउनुभएको छ ।

जनकपुरमा आज आयोजित ‘संक्रमणकालीन संघीयताको व्यवस्थापन’ विषयको कार्यशाला गोष्ठी उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले लामो संघर्ष र बलिदानीले प्राप्त संघीयताको भविष्य प्रदेश नं २ को सफलतामा निर्भर रहेको तथा संघीयताको सफल कार्यान्वयनका लागि आफूहरु जस्तोसुकै कदम उठाउन तयार रहेको दृढता व्यक्त गर्नुभयो ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उहाँले माथिको कर्मचारीतन्त्रले असहयोग गर्ने प्रयास गरिरहेको टिप्पणी गर्दै उहाँले असहयोगको प्रयास भए आफूहरु करारमा कर्मचारी भर्ना गरेर प्रदेश चलाउन बाध्य हुने चेतावनी दिनुभयो ।

प्रकाशित मिति : July 3, 2018 at 4:40 pm