१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

सप्तरीमा आठ निजी विद्यालयका सञ्चालकसहित ११ शिक्षक पक्राउ

१३ वैशाख, काठमाडौँ ।  सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने आठवटा निजी विद्यालयका सञ्चालकसहित ११ जना शिक्षकलाई  प्रहरीले सोमबार पक्राउ गरेकाे छ । कोरोना संक्रमण फैलिलेसँगै सरकारले  राजविराजका विद्यालयहरु वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएको थियो । तर यो निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालन गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिए । पटक–पटक सम्झाउँदा पनि विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई पक्राउ गरिएकाे पोखरेलले बताए ।

सोमबार प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, राजविराज नगरपालिकाका प्रमुखसहितको टोलीले यनसहरूलाई पक्राउ गरेकाे हो । पक्राउ परेका सबैलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुविरुद्ध कस्तो कदम चाल्ने भन्ने विषयमा आजै हुने बैठकले निर्णय गर्ने  पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार १२:०२