१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

१० विद्यार्थीलाई निःशुल्क पढाउन व्यवसायी कडेँलद्धारा छात्रवृत्ति अक्षयकोष स्थापना

१२ वैशाख, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका– ११ उपल्लो तिगाउँस्थित कालिका आधारभूूत विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति दिन अक्षयकोष स्थापना भएको छ । महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सिआइपी) सम्मानप्राप्त सोही वडा निवासी गोपीप्रसाद कँडेलले आफ्ना दिवङ्गत पिता नेत्रप्रसादका स्मृतिमा रु एक लाख ५५ पाँच हजार पाँच सय ५५ को अक्षयकोष स्थापना गर्नुुभएको हो ।

उक्त रकमको चेक आज विद्यालयमा आयोजित कार्यक्रमबीच कँडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कान्छा तामाङलाई हस्तान्तरण गर्नुभयो । उक्त कोषको व्याजबाट वार्षिक १० विद्यार्थीलाई छात्रवृत्ति दिइने प्रधानाध्यापक रामचन्द्र गजुरेलले जानकारी दिँदै विद्यालयका लागि पर्खाल र द्वार निर्माणका लागि सहयोग आवश्यक भएको बताउनुभयो ।

यसअघि कँडेलले स्थानीय पञ्चकन्या माविमा १४१ थान महत्वपूर्ण पुस्तक र खेल सामग्री गरी करीव रु तीन लाख बराबरको सहयोग गर्नुभएको थियो । कक्षा १ देखि ८ सम्म सञ्चालित सो विद्यालयमा अधिकांश तामाङ समुुदायका गरी हाल १८० विद्यार्थी छन् । कडेँल नेपाल राष्ट्रिय उद्योग व्यवासयी महासंघ नुवाकोटको अध्यक्ष हुनुहुन्छ भने हस्तकल महासंघको केन्द्रीय सदस्य समेत हुनुहुन्छ । रासस

प्रकाशित मिति : १२ बैशाख २०७८, आईतवार १७:२२