१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

साना लगानीमा खुलेका सञ्चारगृहको संरक्षणका लागि जोड

१० वैशाख, काठमाडौँ । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई विमन्स एरा एण्ड मिडिया ग्रुपले आज यहाँ सम्मान गरेको छ । कार्यक्रममा ग्रुपद्वारा महासङ्घका सचिव सिर्जना अर्याल, केन्द्रीय सदस्य शन्तराम बिंडारी, काठमाडौँ शाखाका उपाध्यक्ष अप्सरा गौतम तथा सदस्यत्रय कृष्णराज गौतम, रमेश बोहरा र शोभा अर्याललाई सम्मान गरिएको हो ।

सो अवसरमा सचिव अर्यालले पत्रकारिता क्षेत्रले सत्य, तथ्य सूचना तथा समाचारका माध्यमबाट समाजलाई ज्ञान प्रवाह र सामाजिक रुपान्तरणमा सहयोग पु¥याउनुपर्ने बताउनुभयो । केन्द्रीय सदस्य बिंडारीले साना लगानीमा खुलेका सञ्चारगृहको संरक्षणका लागि जोड दिनुभयो ।

काठमाडौँ शाखाका उपाध्यक्ष गौतम, सदस्यत्रय गौतम, बोहरा, अर्याल र शोभा अर्यालले श्रमजीवी पत्रकारका पक्षमा भएका नीतिगत योजना अगाडि बढाउन सकेमा यस क्षेत्रलाई थप व्यावसायिक बनाउन सकिने विचार व्यक्त गर्नुभयो । ग्रुपका अध्यक्ष प्रतिमा राईले जुनसुकै समयमा पनि समाजमा गतिशील हुनुपर्ने सञ्चारकर्र्मी जोखिममा रहेकामा चिन्ता व्यक्त गर्दै कतिपय सञ्चारगृहले समयमा नै पत्रकारलाई पारिश्रमिक नदिएर शोषण गरिरहेकाले त्यसतर्फ संवेदनशील बन्न महासङ्घलाई आग्रह गर्नुभयो ।

 

प्रकाशित मिति : April 23, 2021 at 5:34 pm