१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

खालि ग्यासका सिलिन्डर तत्काल भरेर राख्न अनुराेध

१० वैशाख, काठमाडौँ । नेपाल एलपि ग्यास उद्योग संघले उपभोक्तालाई खाना पकाउने ग्यासका सिलिन्डर खालि छ भने भरेर राख्न  अनुराेध गरेको छ। संघले कोरोना संक्रमण बढ्दै गएकोले आपूर्ति प्रभावित हुन सक्ने भन्दै खालि ग्यासका सिलिन्डर तत्काल भरेर राख्न अनुराेध गरेकाे हाे।

गत बर्षकाे लकडाउनमा पनि सबै उपभाेक्तालाई ग्यासकाे अभाव हुन नदिएकाे स्मरण गर्दै संघले अहिले पनि ग्यासकाे अभाव हुन नदिन संघ लागिपरेकाे जनाएकाे छ। नेपाल आयल निगमले कोरोना महामारीमा सहजै सिलिन्डर उपलब्ध गराउन संघलाई पत्र काटेकाे छ।

प्रकाशित मिति : April 23, 2021 at 3:15 pm