भ्रष्टाचारीको मनोबल बढाउने सर्वोच्च अदालतको फैसलाः अध्यक्ष थापा
१० वैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको संवैधानिक इजलाशले अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली २०५९ को नियम ३० खारेज गरेर भ्रष्टाचारीको मनोबल बढाएको बताउनुभएको छ । सर्वोच्चको फैसलाको समाचारहरू सार्वजनिक भएपछि ट्वीट मार्फत टिप्पणी गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभएको छ ‘केही कमजोरी भएपनि ुस्ट्रिङ अपरेशनले भ्रष्टाचार रोक्न मद्दत गरेको थियो।ठाडै घुसलिन डराउंथे।ुस्ट्रिङ अपरेशनुरोक्ने अदालतको फैसलाबाट भ्रष्टाचारीको मनोबल बढ्छ।कमजोरी सुधार गर्नुको सट्टा भ्रष्टाचार रोक्ने एक सशक्त माध्यम नै खारेज गर्नु उपयुक्त होइन।’
यो पनि पढ्नुहोस्,
-भ्रष्टहरूको पक्षमा सर्वोच्चको ऐतिहासिक फैसला, घुस खाएका सबैजसाे कारबाहीबाट जोगिए
प्रकाशित मिति : April 23, 2021 at 1:01 pm









