१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

भूकम्पले ढालेको धरहरा उठ्यो, प्रधानमन्त्री ओलीले भोलि उद्घाटन गर्ने

१० वैशाख, काठमाडौँ । २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण सम्पन्न भएसँगै धरहराको भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी भएको छ । अहिले धरहराको सरसफाइ र रंग लगाउनेकाम भैरहेको छ बेलुकासम्म ती काम सम्पन्न हुने रमण कन्स्ट्रक्सनले जनाएको छ ।

पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा ३३० किलोको गजुर राखिएको छ । गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । भोलि बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गर्नुहुनेछ ।

प्रकाशित मिति : April 23, 2021 at 9:54 am