२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

नेकपा एमालेको बैठक आज बस्दै, ३२ सांसदको भविष्यको के होला ?

१० वैशाख, काठमाडौँ । नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक आज बालुवाटारमा बस्दैछ । विहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा स्पष्टिकरण सोधिएका ३२ सांसदको बारेमा निर्णय हुने अनुमान गरिएको छ । निरन्तर पार्टीबिरोधी गतिबिधिमा लागिरहेका ती संसदमाथि कारबाही हुने एक नेताले बताए ।

माधव नेपाल समुहका नाममा भारतका लागि कम्फर्टेबल सरकार बनाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछि लागेर पार्टी र पार्टी नेतृत्वको सरकारको कत्लेआम गर्न लागिपरेका ती सांसदहरूलाइ यसअघि सोधिएको स्पष्टिकरणमा प्राप्त जवाफको विश्लेषण हुने बताइएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने कारबाहीका बिसयमा कुनै ठोस धारणा नबनेको र स्पष्टिकरणको विश्लेषण गरेर नेताहरू बसेर सामूहिक रूपमा निर्णय हुने बताउनुभयो ।

प्रकाशित मिति : 09:13