ठडिएको धरहरामा प्रधानमन्त्रीका सल्लाहकारहरू र लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको सामूहिक तस्बीर
९ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराइ, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी लगायतले बिहीबार धरहराको निरीक्षण गर्नुभएको छ । धरहराको निरीक्षणपछि उहाँहरूले ठडिएको धरहरामा सामूहिक तस्बीर समेत कैद गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले यही वैशाख ११ गते ठडिएको धरहराको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विनाशकारी भूकम्पले ध्वस्त पारेको धरहरा निर्माणका लागि ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा म बनाउछु मेरो धरहरा अभियान नै घोषणा गर्नुभएको थियो ।

प्रकाशित मिति : April 22, 2021 at 6:22 pm



