एकैदिन थपिए २४२८ कोरोना संक्रमित, ५ जनाको मृत्यु
९ वैशाख, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप २४ सय २८ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। १० हजार १ जनाको पीसीआर परिक्षण गर्दा २३ सय ६५ जना र ४४७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसँगै काेराेना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । पछिल्लो २४ घण्टामा २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७६ हजार ३४५ जना निको भएका छन् । हाल १२ हजार ६९० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३ हजार ११७ पुगेको छ ।
प्रकाशित मिति : April 22, 2021 at 5:14 pm



