मेरियट हाेटलबाट धरहराकाे दृश्यावलाेक गर्दै प्रधानमन्त्री ओली र नेपाल
९ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपालबीच भेटवार्ताको पछिल्लो तस्बिर सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा नागपाेखरीस्थित मेरियट हाेटलकाे भेटघाट कक्षकाे झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराकाे दृश्यावलाेकन गर्नुभएकाे तस्बिर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमार्फत सार्वजनिक गर्नुभएकाे हाे । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा नागपाेखरीस्थित मेरियट हाेटलकाे भेटघाट कक्षकाे झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराकाे दृश्यावलाेकन गर्नुहुँदै, थापाले ट्वीटमा लेख्नुभएकाे छ । याे तस्बिरले पछिल्लाे समय नेकपा एमाले पार्टीभित्रको विवाद अन्त्य हुने संकेत देखिएकाे छ ।

प्रकाशित मिति : 16:15









