अध्यक्ष ओली र नेता नेपाल बीच भेटवार्ता हुँदै
९ वैशाख, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल बीच आज पनि भेटवार्ता हुँदैछ । बुधवार साँझ नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच भेटवार्ता भएकाे थियाे । आज पनि होटल मेरियटमा दिउँसो दुई बजेपछि भेटवार्ता हुन लागेको हो । अध्यक्ष ओलीसँग भेट्नुअघि माधव नेपालले आफूनिकट नेताहरूसँग बुधबारको वार्ताको ब्रिफिङ गरेका छन् ।

प्रकाशित मिति : 13:34







