२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

एमाले मुख्यालय थापाथलीबाट बालिका खड्का पक्राउ

९ वैशाख, काठमाडाैँ । नेकपा एमालेको कार्यालय थापाथलीबाट बालिका खड्का पक्राउ परेकी छिन्। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई गालीगलौज र यौनशोषणको गरेकाे आरोप लगाउँदै अपशब्द प्रयोग गरेपछि खड्कालाई एमालेको नयाँ पार्टी कार्यालय थापाथलीबाट प्रहरीले पक्राउ गरेको हो।

उनलाई पार्टी कार्यालय थापाथली परिसरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । खड्काले मुख्यमन्त्री राईलाई यौनशोषण गरेको आरोप लगाउँदै आएकी थिइन्।

 

प्रकाशित मिति : 13:08