ओली-नेपाल भेटले कार्यकर्तामा आशा पलायोः पूर्वमन्त्री विष्ट
९ वैशाख, काठमाडाैँ । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र निलम्बित नेता माधवकुमार नेपालबीचमा भएको भेटवार्ताले कार्यकर्तामा आशाको सञ्चार गरेको बताउनुभएको छ । सामाजिक सञ्जालमा बिहीबार बिहान टिप्णी गर्दै उहँँले ओली र नेपालबीचको भेट कालो बादलमा चाँदीको घेरा भेटिएझैं भएको उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ ‘हिजो साँझ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधव नेपालबिच छलफल भएको छ । कालो बादलमा चाँदीको घेरा भेटिएझैं कार्यकर्ताहरूमा आशा पलाएको छ । विलियम शेक्सपियरले भनेजस्तै (जहाँ नदी गहिरो हुन्छ, त्यहाँको जलप्रवाह शान्त र संयम हुन्छ) । जस्तोसुकै कठिन परिस्थितिमा पनि संयम, धैर्य र इमान्दार प्रयत्नले समस्याको समाधान संभव छ । हेक्का राखौँ, समय र समुद्रको छालले कसैलाई पर्खंदैन ।’
त्यस्तै उहाँले भन्नुभएको छ ‘आज नेपाल कम्युनिस्ट पार्टीको ७२औं स्थापना दिवस । हजारौँ योद्धाको रगत पसिनाबाट निर्मित पार्टीको एकतालाई जोगाउन संकल्प गरौँ । आन्दोलनको रक्षार्थ निरन्तर प्रयत्न गरौँ ।’
प्रकाशित मिति : 09:04









