नुवाकोटको महादेव फाँटमा प्रभु बैंकको नयाँ शाखा सञ्चालन
८ वैशाख, काठमाडौँ । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.७ स्थित महादेव फाँटमा २१४ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको महादेव फाँट शाखा कार्यालयको उद्घाटन वागमती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले गरेका छन् ।

उक्त शाखा कार्यालयको उद्घाटन गर्दै वागमती प्रदेशका मुख्य सचेतक पाण्डेले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा प्रभु बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । बैंकको महादेवफाँट शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महादेवफाँट शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
प्रकाशित मिति : April 21, 2021 at 5:37 pm









