प्रधानमन्त्री भेट्न किन बालुवाटार पुगे योगेश भट्टराई ?
८ वैशाख, काठमाडाैँ । माधव पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेता भट्टराईले प्रधानमन्त्री ओलीसँग भेटेका हुन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेता भट्टराईले पार्टीको एकता जोगाउन आग्रह गरेका छन् । एमाले अध्यक्ष ओलीले मंगलवार भट्टराईसहित प्रतिनिधिसभाका २७ जना सांसदसँग स्पष्टिकरण माग्नेका थियो । स्पष्टिकरण मागेसँगै आज नेता भट्टराई प्रधानमन्त्री भेटन बालुवाटार पुग्नुका हुन् । भट्टराईले प्रधानमन्त्रीसँग उदार मनका साथ सबै नेताहरूलाई समेटेर अघि बढ्न आग्रह गरेका छ ।

‘हिजो दुवै पक्षबाट जे जस्ता कमिकमजाेरी भए, तीतामीठा काम भएका छन् त्यसलाइ भुल्दै पाटी एकता गर्न आग्रह गरेका छन् । आज तपाईंसँग जुन जिम्मेवारी छ त्यसमा तपाईंले उदार मनका साथ पार्टीलाई एकताबद्ध बनाउनुस्, संवाद गर्नुस् भनेकाे छु। उहाँले मेरो तर्फबाट भूमिका खेल्छु, सबैलाई पार्टीमा स्वागत छ । आउनुस् काम गरौं भन्नुभएको छ,’ प्रधानमन्त्रीसँगको भेटपछि भट्टराईले भने। एमालेलाई एकताबद्ध राख्न अध्यक्ष र दलको नेताको हिसाबले प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण रहने भएकाले विगतका तीतामीठा भुलेर वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग पनि संवाद गर्न भट्टराईले सुझाव दिएका छन् ।
नेता भट्टराईले भने,‘मैले पार्टी अध्यक्षलाई भेटेर एमालेलाई एकतावद्ध बनाउने हिसाबले भूमिका खेल्नुस, त्यसमा हाम्रो साथ सहयोग हुन्छ भनेको छु’। ‘एमालेको विभाजनबाट प्रतिक्रियावादीमात्र खुसी हुन्छन्, जनता निरास बन्छन् भन्ने कुरा गरेकाे छु ।’ भट्टराईले नेताहरूलाई अध्यक्ष ओलीसँग भेटेर संवाद गर्दै पार्टीमा काम गर्ने सहज वातावरण बनाउन र सर्वोच्च अदालतले गरेकाे फैसलाका आधारमा अघि बढ्न आग्रह गरेका छन् । नेता भट्टराईले पार्टी विभाजनलाई आफूहरुले साथ नदिने भन्दै सवैलाई समेटेर अघि बढ्न सुझाव दिएका छन् ।
प्रकाशित मिति : 17:25









