सूर्या ल्याबको नक्कली पिसिआर रिपोर्ट बोकेका १२२ विमानस्थलबाट फर्काइए
८ वैशाख, काठमाडाैँ । हिजोमात्रै छ जना कर्मचारी सिनामंगलको सूर्य ल्याबबाट पक्राउ परेका थिए । अाज सोही ल्याबबाट नक्कली पीसीआर रिपोर्ट लिएर विमानस्थलबाट पुगेका १२२ जनालाई प्रहरीले फर्काइदिएको छ ।
नक्कली पीसीआर रिपोट बनाएको खुलेपछि एयरलाइन्सले त्यो ल्याबमा परीक्षण गराएका यात्रुहरुलाई प्रहरी लगाएर विमानबाट निकालेको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले यात्रुहरू फर्काइएको पुष्टि गर्नुभएको छ।

प्रकाशित मिति : April 21, 2021 at 1:50 pm



